38.1 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

बिन्दबासिनीको प्रमुख प्रशासकिय अधिकृतमा पुनः सुजित साह कै सरुवा

वीरगंज, ३० बैशाख ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पुनः सुजित साहलाई नै पठाएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को पहलमा मन्त्रालयले प्रशासकिय अधिकृत साहलाई बैशाख २६ गते जिल्ला समन्वय समिति, पर्सामा सरुवा गरेको थियो । अधिकृत साहको सहमती बेगर नै मन्त्रालयले जिल्ला समन्वय समितिमा सरुवा गरे पछि गाउँपालिकामा खैलाबैला नै मचेको थियो ।

आर्थिक मसान्तको अन्तिम अन्तिममा आएर मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गर्नु र निमित प्रमुख प्रशासकिय अधिकृतमा गाउँपालिका मै कार्यरत ना.सु. राजेन्द्र बहादुर दासले पदभार ग्रहण गर्नुले गाउँपालिकाको विकास निर्माणको काम प्रभावित हुने सम्भावना बढेको थियो । आईतबार मात्र एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष मोदीले ना.सु. दासलाई फुलको माला र अबिरको टिका लागाई प्रमुख प्रशासकिय अधिकृतको पदभार ग्रहण गराएका थिए ।

त्यस पछि मात्र प्रशासकिय अधिकृतको सरुवा भएको सार्वजनिक भए पछि मन्त्रालयमा आज गाउँपालिकाबाट पुगेको एक डेलिकेशनको आग्रहमा मन्त्रालयले पुनः साहलाई नै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा पठाएको हो । अध्यक्ष मोदिले भनेको गैर कानूनी कामहरु गर्न नमाने पछि प्रमुख प्रशासकिय अधिकृत साहको उनले सरुवा गराएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:218. Generation time:7.207 sec. Memory consumption:82.73 mb