12 May 2025
KALIKATIMES.COM

मधवलकी शिवदुलारी देवी वरैनीद्वारा ४ कट्ठा जग्गा दान

वीरगञ्ज, २७ बैशाख ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलकी शिवदुलारी देवी वरैनीले ४ कट्ठा जग्गा दान गर्नु भएको छ । स्व. पारस नाथ प्रसाद वरैकी श्रीमती वरैनीले विन्दवासनी गाउँपालिका ४ मधवल मै रहेको जग्गा मध्ये चौरसिया (बरई) सेवा समिति वीरगंज १६ पर्सालाई २ कट्ठा र हनुमान मन्दिर विकास समिति विन्दवासिनी ४ इटियाहीलाई २ कट्ठा दान गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ पर्सामा शुक्रबार एक कार्यक्रमका विच दान गरेको जग्गाको लालपुर्जा चौरसिया सेवा समिति र हनुमान मन्दिर विकास समितिलाई हस्तान्तरण गर्नु भयो । वरैनीले दान गरेको जग्गा चौरसिया सेवा समिति र हनुमान मन्दिर विकास समितिलाई नामसारी समेत गरि सक्नु भएको छ ।

सोही जग्गा नामसारी गरेको लालपुर्जा चौरसिया सेवा समितिका अध्यक्ष रामाकान्त प्रसाद चौरसियालाई र हनुमान मन्दिर विकास समितिका सचिव प्रेमचन्द्र चौरसियालाई हस्तान्तरण गर्नु भयो । वरैनीले दान गरेको जग्गाको मूल्य १२ लाख रहेको चौरसिया सेवा समितिका सचिव योगेश्वर प्रसाद चौरसियाले वताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.271 sec. Memory consumption:82.45 mb