29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

लोक सेवा तयारी गराउने एचिभर्स इन्सिच्युट संचालनमा

achivers_kalikatimes

वीरगन्ज, १८ बैशाख ।
वीरगन्ज लगायत प्रदेश नं. २ मा लोक सेवा प्रति आक्रषण बढदै गए पछि लोक सेवा तयारी गराउने इन्सिच्युटहरुको संख्यामा पनि खुल्न थालेको छ । लोक सेवा पढने अर्थात तयारी गर्नेहरुको संख्यामा बृद्धि भए पछि इन्सिच्युटहरुको पनि खुल्न थलोको हो । वीरगन्जमा पहिला देखी नै लोक सेवा तयारी गराउने आधा दर्जन जति इन्सिच्युटहरु भए पनि फेरी वीरगंजको माइस्थान मेन रोडमा एक नयाँ इन्सिच्युट संचालनमा आएको छ ।

एचिभर्स इन्सिच्युट नाम गरेको लोक सेवा तयारी इन्सिच्युट संचालनमा आएको हो । अरु भन्दा फरक र वैज्ञानिक तरिकाले लोक सेवाको तयारी गराउने उद्देश्यले इन्सिच्युटका संचालनमा ल्याइएको एचिभर्स इन्सिच्युटका संचालक दिपक पटेलले वताए । लोक सेवा प्रति बढदै गएको आक्रषणलाई कायम राख्न र लोक सेवा तयारी गर्ने विद्धार्थीहरुलाई सफल बनाउन इन्सिच्युट संचालनमा ल्याइएको पटेलको भनाई छ ।

लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको चाहना र मांग अनुसारको एचिभर्सले कक्षा संचालन गर्ने पटेलले दावी समेत गरे । बैशाख ११ गते देखी नै संचालनमा आएको एचिभर्स इन्सिच्युटमा लोक सेवा तयारी गर्नेको संख्या ९० पुगेको छ । पटेलका अनुसार एचिभर्सले एउटा कक्षामा ३५ देखी ४० जना विद्यार्थीहरुलाई मात्र अन्तरक्रियात्मक माध्यमले कक्षा संचालन गर्दैछ र गर्नेछ ।

यसै बिच एचिभर्स इन्सिच्युटले बुधबार प्यानल छलफल कार्यक्रम गरेको छ । इन्सिच्युट मै भएको प्यानल छलफलमा प्रशिक्षक अनिल बर्णवाल, पदम राज तिम्लिसिना, सरोज पौडेल, प्रधुमन प्रसाद, संतोश कुमार, अजय साह लगायतका प्रशिक्षक तथा लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.466 sec. Memory consumption:82.49 mb