वीरगन्ज, १४ बैशाख ।
पर्सा प्रहरीको गैर जिम्मेवारीको कारण एक युवकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका – १० घडिअर्वा बस्ने वृजकिशोर वर्णवालको प्रहरीको कारण मृत्यु भएको सामाचार बाहिर आएको छ । विगत एक हप्तादेखि घरमा श्रीमती र छोरीसँग विवाद गर्दै आएका वर्णवाललाई श्रीमती र छोरी मिली कुटपिट गरेपछि आवेगमा आई विषय सेवन गरेका थिए ।
विष सेवन गरेका वर्णवालको अवस्था गम्भिर हुँदै जाँदा श्रीमतीले रानीघाट स्थित समसानघाट प्रहरी चौकीलाई जानकारी गराएपछि त्यहाँबाट आएका प्रहरीले वर्णवाललाई कुटपिट गर्दै प्रहरी चौकीमा लगेर थुनेपछि त्यही अवस्था गम्भिर भई अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुझिएको छ ।
प्रहरीले वर्णवाललाई पक्राउ गरेर लैजाने क्रममा आफूले विष सेवन गरेको र आफूलाई अस्पताल लैजान आग्रह गर्दा पनि प्रहरीले आफ्नो वर्दीको शान देखाउँदै कुटपिट गर्दै प्रहरी चौकीमा लगेर थुनेका थिए । चौकीमा थुनेको केही बेर पश्चात विषले वर्णवालको शरिरमा असर गर्न थालेपछि उनको मुखबाट पानी जस्तो पदार्थ फ्याक्न थालेपछि उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।