10 May 2025
KALIKATIMES.COM

बहुदरमाई नपाको रामनगरीमा विद्यालय भर्ना अभियान

bidalyaye bharna abhiyan_kalikatimes

वीरगन्ज, १३ बैशाख ।
‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकाहरुलाई विद्यालय पठाऔं’ भने मुल नाराका साथ पर्सामा पनि विद्यालय भर्ना अभियान २०७६ सुरु भएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८, रामनगरी स्थित रहेको श्री देवनन्दन देवराज नमुना माध्यमिक विद्यालयले शुक्रबार विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ ।

विद्यालय भर्ना अभियान अन्तर्गत शुक्रबार विद्यालयको आयोजनामा र्याली निकालिएको श्री देवनन्दन देवराज माविका शिक्षक सुरज पण्डितले वताए । ५ देखी १२ बर्ष उमेर समुहका सबै बालवालिकाहरुलाई भर्ना गराउने उद्देश्यले विद्यालय भर्ना र्याली निकालिएको उनले जानकारी गराए ।

विद्यालयबाट निस्कको र्याली बहुदरमाई नगरपालिकाको वडा नं. ८, रामनगरी, गोबरथलवालाई परिक्रममा गर्दै विद्यालय भर्ना गाराउन विभिन्न नाराहरु समेत लगाएको थियो । विद्यालयका प्रधानाध्यापक मनोज कुमार श्रीवास्तव अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यस्तै रामनगरी मै रहेको श्री मुखदेव सुशिला माध्यमिक विद्यालयले पनि शुक्रबार विद्यालय भर्ना र्याली निकालेको छ । यस्तै देश भरी नै बैशाख २ देखी सुरु भएको विद्यालय भर्ना अभियान ३० गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.545 sec. Memory consumption:82.49 mb