29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

राजपाद्वारा वीरगंजमा विरोध प्रदर्शन

rajapa birod_kalikatimes

वीरगंज, २९ चैत ।
राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले शुक्रबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ९ बुंदै माग सहित वीरगंजको घण्टाघरबाट निस्केको राजपाको बिरोध जुलुश माइस्थान, महाविरस्थान, आदर्शनगर हुदै वीरगंज बजार क्षेत्रको परिक्रममा गरेको थियो ।

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, संविधान संसोधनको मांग पुरा गर, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहा गर, आन्दोलनकारी माथीको मुद्दा फिर्ता गर, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्तय गर, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर लगायतका मांग राख्दै राजापाले बिरोध प्रदर्शन गरेको थियो ।

बिरोध प्रदर्शनमा राजपाका नेता प्रदेश सांसद रमेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.383 sec. Memory consumption:82.48 mb