28 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

एम.बि.बि.एस. अध्ययनको लागि बहुदरमाई नपाद्वारा आर्थिक सहयोग

bahudar mai_kalikatimes

वीरगंज, २७ चैत ।
बहुदरमाई नगरपालिकाले एक जना एम.बि.बि.एस. अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । नगरपालिकाले वडा नं. ८, रामनगरी निवासी हिरालाल रामको छोरा मुक्ति रामलाई ३ लाख ३९ हजार सहयोग गरेको हो ।

एक कार्यक्रमका बिच नगर प्रमुख नितेन्द्र साहले गरिब र दलित परिवारका मुक्तिलाई रु ३ लाख ९० हजार बराबरको चेक हस्तान्तरण गर्नु भयो । एम.बि.बि.एस. अध्ययनको लागि छात्रवृति पाएका उनलाई होस्टल र खाना खर्च वापतको रकम नगरपालिकाबाट सहयोग गरिएको प्रमुख साहले वताउनु भयो ।

वडा नं. ८ का अध्यक्ष पुनिलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा यनिसेफका बृजकिशोर पटेल, सामाजिक संस्था जिल्ला समन्वय समितिका इब्राहिम देवान, लेखापाल हरिन्द्र साह, पत्रकार छठु साह, नगरपालिकाका लेखापाल हरि पटेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:5.056 sec. Memory consumption:82.52 mb