वीरगंज : अखिल (क्रान्तिकारी ) का केन्द्रिय सचिव सुर्य नारायण साहको नेतृत्वमा रहेको टोलिले उद्दार तथा श्रमदान कार्य सकेको छ । हावाहुरीबाट ठूलो जनधनको क्षति भएको थाहा पाउने बित्तिकै प्रभावित क्षेत्रमा साह आफ्नो टोलि सहित पुगेका थिए ।
पहिलो दिन अर्थात सोमबार बारा पुगेका साह दिनभर अवलोकनमा ब्यस्त रहे । अवलोकन पछी आफ्नो संगठनका केन्द्रिय सदस्यहरु र जिल्ला नेताहरु लाई उद्दारमा लाग्न निर्देशन दिएका थिए । साहले देशभरी बाट सहयोग गर्नेलाई आफ्नो संगठनका नेताहरु मा अपिल समेत गरे र उनको अपिल पछाडि देशको १७ जिल्लाहरु बाट सहयोग ल्याउन ऊनी सफल भए । सहयोग आउने साथ उनी प्रभावित क्षेत्रमा पुगेका थिए ।
भर्वलियामा क्याम्प राखेर उद्दार कार्यलाइ निरन्तर अघि बढाएका थिए। उद्दार कार्य अन्तरगत साहको टोलिले सरसफाइ , भतकेको संरचनाको पुर्ण बेवास्थापन , शौचालय मर्मत एवम पुर्ण निर्माण , खाद्यान्नय सामग्री वितरण , खेलकुद एवम अद्ययन सामाग्री वितरण , एसइइ विद्यार्थीहरु लाई परिक्षा केन्द्रिय सम्म पुर्याउने लगायत गरेका थिए । सचिव साहको पहलमा प्रदेश २ का ८ वटै जिल्ला , काठमाडौ , मकवानपुर , कास्की , म्याग्दी , सिन्धुपाल्चोक , मोरङ , रुपन्देही लागायतको जिल्ला बाट श्रमदन गर्न विद्यार्थी नेताहरु पुगेका थिए ।
केन्द्रिय सचिव साहको नेतृत्वमा उद्दार कर्यमा श्रमदान गर्न अखिल(क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ल , अध्यक्ष रन्जित तामाङ , उपाध्यक्ष दिपेश पुन , अनेरास्ववियुका उपाध्यक्ष रश्मि आचार्य , महासचिव एन महर , केन्द्रिय सचिव आरति लामा र केन्द्रिय सदस्यहरु को विशेष उपस्थिति रहेको थियो ।
उद्दार कार्यमा विशेष भुमिका अनेरास्ववियुका केन्द्रिय सचिव आरती लामाको पनि थियो । आराती लामाले अनेरास्ववियुका नेता कार्यकर्ताहरु सङ समन्वय गरि उद्दारलाई अधि बढाएकी थिन । उद्दार कार्यको अन्तमा देशभरि बाट श्रमदान गर्न आएका नेता कार्यकर्ताहरु लाई ने.क.पा का नेता उमेश कुशवाहाले धन्यवाद दिदै विधाइ गरेका थिए। देशभरी बाट आएका नेताहरु लाई धन्यवाद र आउने दिनमा सम्मान गरिने समेत सचिव साहले मन्तव्य राखेका थिए ।