वीरगंज, १९ चैत ।
वीरगंज हेल्थ केयर अस्पतालमा निःशुल्क खानाको व्यवस्था गरिएको छ । गत आइतवार राति आएको भिषण हावाहुरीका घाईतेहरुको निःशुल्क उपचार समेत भइरहेको छ । अस्पतालमा उपचाररत घाइते तथा कुरुवाहरुको लागि निःशुल्क खानाको व्यवस्था गरिएको हो । अस्पतालमा हाल सम्म १२५ घाईतेको उपचार गरिएको छ । हेल्थ केयरमा प्राय विरामी टाउको तथा खुट्टामा चोट लागेकाहरु उपचाररत छन ।
अहिले सम्म ४० जना घाईतेको उपचार गरी रेफर गरीएको अस्पताल प्रशासनले जनाएको छ । घाईतेहरु मध्ये मंगलवार १२ वर्षिय करण पटेलको टाउकोमा रगत जम्मेको सल्यक्रिया गरिएको छ । ‘प्राकृति विपती आएको बेला आफुले गर्न सक्ने हरेक सम्भव सहयोग गर्छु डा. अबुलेस हसनले भने, ‘आफ्नो गाउँ–ठाउँमा समस्या परेको बेला स्थानीयहरुले पनि आफ्नो श्रोत/साधान प्रयोग गर्दै सहयोग गर्नु पर्छ ।
’हसनले आइतवार आएको हावाहुरीका दिन अस्पतालका हरेक डाक्टर तथा स्वस्थ्यकर्मीहरु घाईतेको उपचारको लागि घटेको वताए । हाल पनि पिडितहरुको उदार र उपचारमा आफुले कुनै कसर नछोडने प्रतिबद्धता संचाकर्मीहरु संग कुरा गर्दै वताए । आइतबार रातिको शक्तिशाली हावाहुरीले प्रभावित बनेको बाराको भरवलियामा पनि सामूहिक ’मेस’ सञ्चालन गरिएको छ । यस्तै नारायणी अस्पतालमा पनि घाइते बिरामीहरुको लागि निःशुल्क खानाको प्रबन्ध गरिएको छ ।