14 May 2025
KALIKATIMES.COM

पर्साको जीराभवानीमा सामुहिक विष सेवन, एक किशोरीको मृत्यु

bis sewan_kalikatimes
मेघराज राय/जीराभवानी । पर्साको जीराभवानी गाउँपालिकामा बिष सेवन गरि एक किशोरीको ज्यान गएको छ भने अर्का एक किशोर र किशोरी उपचार गराइरहेका छन् । गएराती ३ जना किशोर किशोरीहरुले सामुहिक बिष सेवन गरेका थिए।मृत्यु हुने किशोरी जिराभवानी गाउपालिका वडा नं ४ सढी निवासी राजू राउत थारुको १७ बर्षिय छोरी संगिता कुमारी रहेका इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए ।
बिष सेवन गरेकी संगितालाइ भारतिय बजारमा रहेका डा अनिल कुमारको क्लिनिकमा उपचार क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सामुहिक बिष सेवन गरेका सोही ठाउँकि १३बर्षिय किशोरी र जीराभवानी २ सेढवाका १९ बर्षिय संजय दास थारुको भारतीय सिमावर्ती बजार इनर्वामा उपचार भैरहेको प्रहरी निरीक्षक अधिकारीले बताए । उनका अनुसार गएराती सुरेश दास सहित ५ जनाको समुहमा रहेका युवाहरु मृतक संगीता र अर्की किशोरीलाई भगाउन किशोरीहरुको गाउँ सढी पुगेका थिए ।
संजयले संगीता र अर्कि किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर भाग्न सफल भएपनि उनको साथमा गएका अन्य ४ जना युवाहरूलाई भने स्थानीयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
स्थानियले पक्राउ परेका युवाहरूलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीलाई बुझाएका थिए।प्रहरीले दिएको जानकारी अनुसार किशोरी लिएर भाग्न सफल सन्जय सहित ३ जनाले नै सामुहिक बिष सेवन गरि रातिको समयमा सेढ्वास्थित घर पुगेका थिए ।
बिहान स्थानीय भद्रभलाद्मीहरुले घटनालाई मिलापत्र गराउन ३ जनालाई भेला गराउने क्रममा ३ जनामा नै बिषको असर देखिएपछि तत्काल भारतीय सिमावर्ती शहर इनरवा लगिएको घटनाका प्रत्यक्षदर्शीहरुले बताएका छन् ।प्रहरीले घटनाको बिस्तृत अनुसन्धान भैरहेको बताएको छ।यद्यपि प्रेम सम्बन्धका कारण घट्ना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:208. Generation time:6.627 sec. Memory consumption:82.27 mb