41.9 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

सखुवा प्रसौनी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

sawasth sibir_kalikatimes

पर्सा, १८ फागुन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ५, महुवमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिका, नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखा, बिरगंज युवा समाज, नारायणी उपक्षेत्रीय अस्पताल, केडिया आखा अस्पतालको सहयोगमा र नेपाली सेना (श्री चन्डी प्रसाद गण)को आयोजनामा स्वास्थ शिविर सम्पन्न भएको हो ।

शिविरमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, प्रहरी उपरीक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाह, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, रेडक्रस पर्साकी उपसभापति भगवती चौधरी, रामनगरी उपशाखाका सभापती जदु प्रसाद शाह, रेडक्रस सहायक राजन श्रीवास्तव लगायतकाको उपस्थित रहेको थियो ।

प्र.जि.अ. भट्टराईले प्रत्येक डाक्टरको स्टलमा पुगि सो स्थानमा आएका सेवाग्राहीहरु संग स्वास्थ्य शिबिरबाट प्राप्त हुने लाभको बारेमा सोधपुछ गर्दै डाक्टर एवं चिकित्सकहरु संग पनि उक्त शिविरलाई अझ कसरी प्रभावकारी बनाउन सकिने सोको बारेमा छलफल समेत गरेका थिए ।

sawastha sibir 2_kalikatimesउक्त शिविरबाट एक हजार भन्दाले स्वास्थ्य परिक्षण गराएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी गराए ।  शिविरमा सेवा लिन आउने बिरामी, बालबालिका, वृद्ध, महिलाहरुलाइ रेखदेख एवं कुनै प्रकारको समस्या हुनबाट जोगानको निम्ति रेडक्र्स महुवन उपशाखाका करिब ४० जना स्वयं सेवकहरु समेत परिचालन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:216. Generation time:24.969 sec. Memory consumption:82.51 mb