11 May 2025
KALIKATIMES.COM

लागु औषध नाइट्रोभेट टेयाबलेट र इन्जेक्सन सहित २ युवक पक्राउ

naitrovate-kalikatimes

वीरगंज, २५ पुस ।
पर्सा प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध नाईट्राभेट ट्याबलेट सहित एक जनालाई र सशस्त्र प्रहरी बल नेपाल गुल्म, पर्साले लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. ८, स्थित सडक खण्डबाट वीरगंज ११, बस्ने बर्ष २८ का ईजाहिर हवारीलाई लागु औषध नाईट्राभेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । मंगलबार सांझ ६ः३० बजेको करिबमा भारतको रक्सौलबाट वीरगंज तर्फ साईकलमा चलाई आउदै गरेको हवारीको साथबाट लागु औषध नाईट्राभेट ट्याबलेट ७४७ पिस फेला परेकोले नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी बल गुल्म र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज १६, भन्सार मुलगेटबाट मोरङ बेलवारी न.पा. वडा नं. ४, बस्ने बर्ष २५ को बिष्णु श्रेष्ठलाई पक्राउ गरेको छ । मंगलबार साझ ५ः५० बजे रक्सौलबाट वीरगंज तर्फ पैदल हिडी आउदै गरेको श्रेष्ठको साथबाट लागु औषध इन्जेक्सन डाईजिल्याव ११ पिस, फेनारगन १० पिस र नुर्फिन ८ पिस फेला परेकोले नियन्त्रणमा लिई लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.476 sec. Memory consumption:82.52 mb