29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

यस बर्ष पनि प्रदेश नं २ मा धोति दिवस

dhoti diwas-kalikatimes

कलैया, १८ पुस ।
विगत बर्ष झै यस बर्ष पनि बाराको कलैयामा धोति दिवस मनाइएको छ । पुस १७ गते पहाडमा टोपी दिवस मनाइएको दिन  २  नं. प्रदेशको बारामा धोति दिवस मनाइएको हो । बाराको सदरमुकाम कलैयामा मंगलबार धोति जलुश निकालिएको थियो ।

कलैया बजारको परिक्रममा पछि जुलुश मुख्य चौकमा पुगी कोण सभा गर्दै सम्पन्न भएको राजपा नेपाल, बाराका प्रवक्ता अरुण सिंहले जानकारी गराए । कोण सभालाई सम्बोधन गर्दै राजपाका केन्द्रिय सदस्य श्याम गुप्ताले धोतिको महत्वको बारेमा चर्चा गरेका थिए ।

राजपा नेपाल बाराका प्रवक्ता सिंहले मधेशको सान र पहिचान धोतिमा रहेको वताए । सिंहले सभामा वोल्दै सम्पुर्ण समुदायको संस्कृति र सम्बद्र्धन हुने गरी कानुनमा व्यस्था गर्नु पर्ने मांग समेत गरे । संस्कार गुमे भने संसार गुम्न सक्छ सिंहको धारणा थियो ।

धोति जलुशमा राजपा केन्द्रिय सदस्य मदन यादव, जिल्ला अध्यक्ष मंडलका सदस्य संतोष पटेल, जिल्ला सदस्य जितेन्द्र मण्डल, रमेश सास्त्री, नगर अध्यक्ष विनोद यादव, कुमार यादव, व्यवसायी मनिश बर्मा, गुदु सिंह, अरुण साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.297 sec. Memory consumption:82.51 mb