KALIKATIMES.COM

९ लाख ९० हजार बराबरका लत्ताकपडा तथा औषधी पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले रु ९ लाख ९० हजार एक सय ८० बराबरका विभिन्न किसिमका लत्ताकपडाहरू तथा औषधीहरू बरामद गरेकाे छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट बरामद गरेकाे विभिन्न किसिमका लत्ताकपडा तथा औषधी आवश्यक कारवाहीको लागि बुधबार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएकाे प्रहरी टाेलीले आइतबार दिउसाे ४:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. ११ कृषी अनुसन्धान केन्द्र स्थित सडकखण्डबाट Lycopene, Grape Seed Extract, Multivitamin, Multimineral And Antioxidant Capsules (lyco plus) Capsules लाईको प्लस नामक औषधी ६६ डिबा (१ डिबामा १० पता) पक्राउ गरेकाे थियाे । रु दुई लाख बाह्र हजार बारबरको साे औषधीहरू पक्राउ गरी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको हाे ।

त्यसैगरी वडा प्रहरी कार्यालय विर्ताबाट खटिएकाे प्रहरी टाेलीले आइतबार नै वीरगंज महानगरपालिकाकाे वडा नं.१६ रजतजयन्ती चोक स्थित सडक खण्डबाट कुर्ता सुरवाल-२९० पिस, टपस-१९६ पिस, टि-सर्ट-११० पिस, चिनी-२८० के.जी., मोबाईलका डिस्पले-६० पिस, पाईप-२ बण्डल, पाईन्ट थान-१०० मिटर, सर्ट-२१० मिटर पक्राउ गरेकाे थियाे । रु ६ लाख ६८ हजार एक सय असी बराबरका साे मालबस्तुहरू पनि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

त्यसैगरी प्रहरी चौकी सिर्सियाले वीरगंज महानगरपालिकाकाे वडा नं.१७ अलौ स्थित सडकखण्डबाट पाइन्ट-४ थान, सर्ट-४ थान, प्याज-१ बोरा, कुर्ता सुरवाल-१४ पिस नियन्त्रणमा लिएकाे थियाे । एक लाख दश हजार बराबरका मालबस्तुहरू पनि बीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.409 sec. Memory consumption:72.4 mb