वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १० स्थित अशोक बाटिका नजिकै रहेको गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अशोक राउत अहिरको अध्यक्षतामा राष्ट्रिय सहकारी बैंकका संचालक विश्वनाथ मण्डलको प्रमुख आतिथ्य सो साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि मण्डलले अहिलेसम्म सहकारी संस्थामा जुन तरलता देखिएको छ त्यसलाई समाधान गर्न सबै एक हुन जरुरी रहेको बताए ।
उनले अहिले केही सहकारी संस्थाले बदमासी गरेको तर त्यसको नतिजा सबैले भोग्नुपरेको मण्डलले बताए । उनले भने जसले जस्तो भोग्छ उसले त्यहीँ कर्म पाउने भएकोले संस्थामा रहेर इमानदारी गर्न जरुरी रहेको बताए ।
त्यसैगरी जिल्ला बचत तथा ऋण सहकारी संस्थाका महासचिव एवम् कान्तिपुर बचतद तथा ऋण सहकारी संस्थाका कार्यकारी अधिकृत जिष्णु बराल, बीरगंज महानगरपालिका सहकारी शाखाका सुनिल कर्ण, राष्ट्रिय सहकारी बैंक बीरगंजका संजय साह, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कुन फिल्ड कार्यालय पर्साका प्रमुख गौतम साह लगायत विभिन्न सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो ।
संस्थाका कोषाध्यक्ष ओमप्रकाश महतो नुनियाले वार्षिक साधारण सभाको आफ्नो संस्थाको आय ब्याय प्रस्तुत गर्ने क्रममा संस्थाले कुल मुनाफा रु १८ लाख ९२ हजार ४५८ गर्न सफल भएको बताए । संस्थाले कुल बचत २२ करोड १७ लाख ५९ हजार ९३४ रहेको र संस्थाको शेयर पुजी १ करोड ७९ लाख ७१ हजार रहेको साथै संस्थाले कर्जा लगानी २६ करोड ५७ लाख १९ हजार हाल शेयर सदस्य संख्या २१ सय ५८ जना रहेको आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेकाे छ ।
संस्थाले अहिलेसम्म आर्थिक, सामाजिक ,सांस्कृतिक, शैक्षिक, स्वास्थ्य लगायतमा प्रत्यक्ष रुपमा समाज र राष्ट्रको निम्ति यस सहकारी संस्था मार्फत कामहरु अगाडि बडेको संस्थाका उमेश साहले बताए । संस्थाले अहिलेसम्म सहकारी मुल्य मान्यता सिद्धान्तमा रहेर समुदायमा आधारित जीवनस्तर माथि उठाउने मुख्य उदेश्य लिए अनुसार संस्थाले नाफा कमाउनु भन्दा पनि आफ्नो संस्थामा बचत गर्ने सदस्यहरुलाई अत्याधुनिक प्रविधि मार्फत मोबाइल बैकिङ्ग, क्युआर, बैंक ट्रान्सफर, कनेक्ट आईपिएस, एटीएम, मनि ट्रान्सफर सुविधा दिनुका साथै आगामी दिनमा संस्थाले १८% प्रतिशत लाभांश दिने योजना समेत अधि सार्ने ब्यवस्था गरेको संस्थाका ब्यवस्थापक रविभुषण श्रीवास्तवले बताए ।
बचतकर्ताहरुले आफ्नो बालबालिकाहरुको उज्ज्वल भबिस्यका लागि खाइ नखाई एक एक पैसा जम्मा गर्ने गरेको छ त्यो पैसाको समयमा सदुपयोग होस् भन्ने हाम्रो चाहना रहेको ब्यवस्थापक श्रीवास्तवले बताएका छन् ।
बचतकर्ताहरुलाई सन्तुष्टि दिनु नै हाम्रो मुख्य उदेश्य रहेकोले आज हामीले आफ्नै भवनमा बसेर सेवा सुविधा दिन सफल भएका छौं त्यो पनि एउटा बचतकर्ताहरुको लागि खुशीको कुरा हो किन भने कम्तीमा यो संस्थाको आफ्नै भवन छ हामीलाई विश्वास छ हाम्रो बचत सुरक्षित छ भनेर उनीहरूले बताउन सक्ने आधार रहेको संस्थाका उमेश साहले बताए ।
कार्यक्रमको स्वागत मनतब्य संस्थाका उमेश साहले गरेका थिए भने धन्यवाद ज्ञापन संस्थाका रविभुषण श्रीवास्तवले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस