KALIKATIMES.COM

बाटो मै निर्माण सामग्री तथा सवारी साधनहरु राख्दा समस्या

 वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १४ ठुलो पिपरामा स्थानियहरु बाटोमै निर्माण सामग्री राख्दा सवारीसाधनहरु आवत जावतमा समस्या भएको स्थानियहरुले गुनासो गरेका छन् ।

घर निर्माणको लागि चाहिने निर्माण सामग्रीहरु बाटौ मै लामो समय सम्म राख्ने गर्दा सर्वसाधारणहरुलाई समस्या हुने गरेको छ ।

बाटो मै निर्माण सामग्री राख्दा सवारी साधनहरुलाई आउने जाने बाटो छोडेर वडा कार्यालय, महानगरपालिका वा सम्बन्धित निकायसंग स्विकृति लिएर मात्र राख्नु पर्ने हो । तर ठुलो पिपरामा बिगत एक हप्तादेखि बाटो मै बिना स्विकृति निर्माण सामग्री राखेकोमा न त वडा कार्यालय, न त नगरपालिकाले नै वास्ता गर्ने गरेको दुःखेसो वडावासीहरुको रहेको छ ।

रातीको समयमा अत्यावश्यक एम्बुलेन्स वा बारुण यन्त्र लानु परेमा सहजै जान आउने अवस्था न रहेको स्थानिय युवा बिनेश पटेलले गुनासो गरे । बाटो मै निमार्ण सामग्री राख्दा दुर्घटनाको सम्भावना पनि त्यतिकै रहेको छ तर सोलाई हटाउन सम्बन्धित निकायलाई जानकारी गराउदा पनि कुनै पनि निकायले ध्यान नदिएको गुनासो पटेलकाे छ ।

१५ फिटको बाटोमा करिब १० फिट सम्म बालुवा, गिटी, फलामको ठण्डीहरु राखिएकोले एउटा अटो वा ई–रिक्सा समेत आउन जान समस्या भईरहेको स्थानिय जायेद हुसैनकाे गुनासाे छ ।

घर निर्माण गर्ने व्यक्तिलाई बाटो मै निर्माण सामग्री लामो समय सम्म किन राख्नु भयो भनेर वडावासीहरुले हटाउनको लागि आग्रह गरे पनि हटाउनमा आलटाल गर्ने गरेको स्थानियहरुकाे गुनासो छ ।

यसैगरी बाटौमै टेम्पु, टयाक्टर लगायतका सवारीसाधनहरु समेत राख्ने गरेका छन् । यस्ता सवारी साधनहरु हटाउनका लागि बारम्बार आग्रह गरे पनि अटेरी गरिरहेको स्थानियहरुकाे गुनासो छ ।

यस सम्बन्धमा वडा कार्यालय, महानगरपालिका, ट्राफिक प्रहरीहरुको समय मै ध्यान जान जरुरी देखिएको छ । नत्र कुनै पनि बेला अप्रिय घटना हुन सक्ने देखिएकोले वडावासीहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.814 sec. Memory consumption:72.43 mb
Send this to a friend