KALIKATIMES.COM

पत्रकार राैनियारसहित ४६ जना काेराेना निकाे भएर डिस्चार्ज

वीरगंज । पर्सामा थप ४६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । 

पर्साकाे विभिन्न काेभिड अस्पताल र आइसोलेसनबाट शुक्रबार ४६ जना संक्रमित डिस्चार्ज भइ घर फर्किएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।  याेसंगै पर्सामा काेराेना निकाे हुनेकाे संख्या एक हजार ३ सय १९ पुगेकाे छ ।

कोरोना भाइरस संक्रमण मुक्त हुनेमा वीरगंजका एक जना पत्रकार पनि रहेका छन् । एभि न्युज टेलिभिजनका संवाददाता राजन राैनियार १९ दिनमा काेराेना निकाे भएर शुक्रबार वीरगंज हेल्थ केयर काेभिड अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

राैनियारकाे तेस्राे पटकाे रिपाेर्ट काेराेना नगेटिभ आएकाे पछि उनलाई अस्पतालले डिस्चार्ज गरेकाे हाे । उनीसंगै वीरगंज हेल्थ केयरबाट ८ जना काेराेना निकाे भएर डिस्चार्ज भएका हुन् ।

यस्तै वीरगन्ज ड्रइपोट स्थित बाटिका होटलमा निर्माण गरिएको सेमि आइसोलेसनबाट २३ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन्।  सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जनाले डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.899 sec. Memory consumption:72.42 mb
Send this to a friend