KALIKATIMES.COM

पर्सामा थप ६५ जनामा काेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ६५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित पर्सा र बाराका गरी सोमबार राति थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएकाे छ । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना छन् । यसअघि सोमबार बिहान पनि पर्साका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रयोगशालाले दिएको जानकारी अनुसार नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

त्यसैगरी नेशनल मेडिकल कलेजमा कार्यरत ३१ र ३० वर्षीय दुई जना चिकित्सक र २३ वर्षीय एक युवक, भवानी हस्पिटलले पठाएको स्वाबमा वीरगञ्ज–१६ नगवाका १८ वर्षीय, वीरगञ्ज–१९ को २३ वर्ष, वीरगञ्ज–१४ का ४०, वीरगञ्ज–१५ का ३२ वर्षका पुरुष, २० र ३६ वर्षीया २ जना महिला, वीरगञ्ज–१६ भिष्वाकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा पनि संक्रमण देखिएको हो । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ४८, ३०, ४३, ३५, २३, वर्षीय र जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:4.203 sec. Memory consumption:72.42 mb
Send this to a friend