KALIKATIMES.COM

नेपाली कांग्रेसका नेता चाैरसियापनि काेराेना संक्रमित

वीरगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसिया पनि काेराेना संक्रमित भएका छन् । बिहिबार विहान थपिएका ४३ संक्रमित मध्ये ५६ वर्षीय नेता चौरसियामा समेत रहेकाे वताइएकाे छ ।

पुर्वमन्त्री समेत रहेका चौरसियालाई सामान्य ज्वरो र रुघाखोकी लागेपछि उनले पिसिआर परिक्षणका लागि मङ्गलबार आफ्नो स्वाबकाे नमुना दिएका थिए । वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार राति गरिएकाे परिक्षणमा चाैरसियाकाे रिपाेर्ट काेराेना पाेजिटिभ आएकाे हाे । 

नेपाली काग्रेसका तराई मधेश समन्वय बिभाग प्रमुखसमेत रहेका चौरसियाको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आफ्नो घरमै आइसोलेसनमा रहेका छन् । उनले चिकित्सकको सल्लाह अनुसार अस्पताल  भर्ना हुनुपरे आफु भर्ना हुने जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गाैतम स्कुलकाे मनाेपरी, नियम कानुनकाे धज्जी उडाउँदा पनि सम्बन्धित निकाय माैन

कालिका टाईम्स

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.893 sec. Memory consumption:72.39 mb
Send this to a friend