KALIKATIMES.COM

४ महिलासहित २ सय ५३ जनाद्वारा रक्तदान

वीरगंज । साहिब दरबार सेवा संस्थान र जनता समाजवादी पार्टी वीरगंजकाे आयाेजनामा बुधबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजस्थित परम्परा पार्टी प्यालेसमा भएकाे कार्यक्रममा ४ महिलासहित २ सय ५३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

साहिब दरबार सेवा संस्थानका अध्यक्ष एवं जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, जनता समाजवादी पार्टीका नेता नेजामुदिन सम्मानी, शशिकपुर मियाँ, सिपु तिवारी, मुकेश द्विवेदी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

रक्त संचार केन्द्रमा रक्त अभाव भएपछि रक्त अभाव हुन नदिन आकस्मिक रुपमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे आयाेजक संस्थाका अध्यक्ष सिंहले जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.366 sec. Memory consumption:72.4 mb
Send this to a friend