KALIKATIMES.COM

स्वास्थ्य तथा आँखा जाच शिविर सम्पन्न

वीरगंज । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नं.०७ जितपुरमा आज स्वास्थ्य तथा आँखा जाच शिविर सम्पन्न भएको छ ।

हेल्प युवा क्लब जितपुर सिमरा, नारायणी बयोधा अस्पताल तथा मात्रिका फाउन्डेसनको संयुक्त आयोजनामा जीवन ज्योति माध्यमिक बिद्यालय जितपुरमा शिविर सम्पन्न भएको हो ।

बयोधा अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टरहरुको टोलीद्वारा बाल रोग, जेनरल स्वास्थ्य तथा मात्रिका फ़ाउन्डेसनका आँखा रोग बिशेसज्ञद्वारा आँखा रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको आयोजक क्लबका अध्यक्ष फ़ैयाजुल हक़ अंसारीले जानकारी गराए ।

शिविरमा साधारण चेकजाचमा २३५ जना बिधार्थी र आँखा चेकजाच तर्फ २०५ जना बिद्यार्थीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ५ जना बिधार्थी मोतिया बिन्दका सिकार भएका र तिनका जाँच पनि निःशुल्क सेवा उपलब्ध गराउने अस्पतालका चिकित्सकहरुले वताएका छन ।

शिविरमा ४४० जनाले आफ्नो स्वास्थ्य जांच गराई लाभान्वित भएको क्लबका संयोजक दीपेन्द्र यादवले जानकारी गराए । कार्यक्रम बकुलिया क्याम्पसका अध्यक्ष तथा नेकपा नेता देवनारायण चौधरीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

जसमा बिसिस्ट अतिथिहरु व्यापार संघ जितपुरका अध्यक्ष संजय साह तथा भूपू ब्यपार संघ अध्यक्ष घनश्याम गिरि, महासचिव शिवजी गुप्ता लगायतकाको उपस्तिथि रहेको थियो ।

शिविर जीवन ज्योति स्कुलका प्रधानाध्यप्क जोनसोन, इलाका प्रहरी कार्यालय जितपुर ७ बारा जीवन ज्योति इ।बोर्डिंग स्कुल, नारायणी ब्योधा अस्पताल, मातरिका आइ फ़ाउन्देस्न तथा स्थानीयको सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रममा क्लबका सन्तोष झा, बिकाश गुप्ता, अयुब आलम, गणेश गुप्ता, प्रेम कुमार, अरुण गुप्ता, मुकेश गुप्ता लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.456 sec. Memory consumption:72.35 mb
Send this to a friend