KALIKATIMES.COM

सरसफाई तथा महिनवारी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

abhimukhikaran_kalikatimes

वीरगंज । किशोरीहरूको ब्यक्तिगत सरसफाइ तथा महिनवारी ब्यवस्थापन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र नेपाल ग्रामिण पुनर्निर्माण संस्थाको आयोजनामा वीरगन्ज महानगरपालिकाको वडा नं. ३१ भेडियाहीमा भएको कार्यक्रम सम्पन्न भएको हो । लालिगुराश किशोरी संवाद संजालकी अध्यक्ष आशिका गौरोको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वडा सचिव सोनम खड्काले गरेकी थिइन ।

श्री सर्धा आधारभुत विद्यालय भेडियाहीमा भएको कार्यक्रममा विद्यालयका प्रअ रामअयोध्या प्रसाद, संवाद सहयोग समितिका अध्यक्ष मुरमती देवी, सलमुन खातुन, सोनम गौरो लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा लालपर्सा स्वास्थ्य चौकीका प्रमुख अनिशकान्त कुशवाहा, भेडियाही स्वास्थ्य चौकीका प्रमुख अमहद रेजा अन्सारी र सोही स्वास्थ्य चोकीकी अनमी लक्ष्मी अचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ५५ जना सहभागी किशोरीहरुलाई सेनेटरी पैड समेत वितरण गरिएको कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले जानकारी गराए । कार्यक्रमा वोल्दै वडा सचिव खड्कीले महिनवारीको समयमा महिलाहरुले पलिस्टर कपडा प्रयोग गर्नु नहुने र प्याड नभएको अवस्थामा सुतिको कपडा प्रयोग गर्नु पर्ने वताएकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमाले पर्साकाे अध्यक्षमा डा. शर्मा निर्विराेध

कालिका टाईम्स

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.329 sec. Memory consumption:72.36 mb
Send this to a friend