KALIKATIMES.COM

मेयर सरावगीद्वारा सडक ढलान र नाला निर्माणको शिलान्यास

वीरगंज । वीरगंज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।

नगरस्तरीय बजेटबाट वडा नम्बर ११ श्रीपुर मा निर्माण हुन लागेको ढलान सडक र नालाको शनिबार नगर प्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगर प्रमुख सरावगीले बर्सौदेखि जीर्ण अवस्थामा रहेको त्यस क्षेत्रमा सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताए । उनले ढलनाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताए ।

वडा नम्बर ११ का वडाध्यक्ष प्रधुमन सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेस यादव, सचिव तबरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.560 sec. Memory consumption:72.05 mb
Send this to a friend