KALIKATIMES.COM

निशाकाे मृत्यु संकास्पद, प्रहरीले आराेपितलाई पक्राउ गरी अनुसन्धान नगरेकाे गुनासाे

पर्सा । श्रीमानकाे कुटपिटका कारण आफ्नाे छाेरीकाे मृत्यु भएकाे पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. २ सखुवा जमुनियाका हिरालाल साहले आराेप लगाएका छन् ।

उनले आफ्नाे कान्छि छाेरी २४ बर्षिय निशा भन्ने बसन्ती कुमारीलाई उनका श्रीमान बहुदरमाई नगरपालिकाकाे वडा नं. ३ नगरदाहाका २५ बर्षिय ईनरजित साह गाेढ र इन्द्रजितका बाजे ६० बर्षिय मंसि साहले गरेकाे कुटपिटका कारण मृत्यु भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

उजरी दिएकाे तीन दिन वितिसक्दा पनि प्रहरीले आराेपितलाई पक्राउ गरी कारवाही पक्रिया अघि नबढाएकाे उनले गुनासाे गरेका छन् । 

३ महिनाको गर्भवती निशाकाे ज्यान जान सक्ने गरी नियतपुर्वक लात र मुक्का समेतले छोरीको पेटमा प्रहार गर्दा लागेको चोटपिडाको कारण नयाँ बर्षकाे दिन मृत्यु भएको पिडित परिवाजनकाे आराेप छ । आफुहरु घटना भएकै दिन प्रहरीमा उजरी दिएपनि आराेपतिलाई प्रहरीले पक्राउ नगरी अनुसन्धान नगरेकाे मंगलबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै पिडित परिवारले गुनासाे गरेकाे हाे ।  

विहेको चार बर्षपनि नबित्दै नीशाको उनका पति र उनका परिवारका सदस्यले मिलेर नयाँ बर्ष कै दिन निर्घात कुटपिट गरी हत्या गरेको पत्रकार सम्मेलनमा नीशाकी आमा चन्द्रावती देवीले आरोप लगाइन् । उनले भनिन्,‘ विहे भएको १ बर्ष यतादेखि नै ज्वाँई र उनका परिवारले नीशालाई कुटपिट गर्दै यातना दिदैं आएका थिए । ज्वाँई अर्कै केटीसंग सल्किएको थियो । त्यहिभएर छुटकारा पाउन शनिबार मेरी छोरीलाई उनिहरुले कुटी कुटी मारिदिए।’

आमा चन्द्रावतीका अनुसार, नीशा तीन महिनाको गर्भवती थिइन् । स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नीशाले आफना पति मुन्नालाई भन्दा पैसा छैन भन्ने बहाना बनाएर उल्टै यतना दिएको दुखेसो गत शनिबार बिहान ७ बजेतिर फोन गरेर आमा चन्द्रावतीलाई सुनाएकी थिइन् ।

निशाकाे बैशाख १ गते नै उपचारकाे लागि वीरगंज लग्ने क्रममा बाटाेमा मृत्यु भएकाे थियाे । मृतककाे पाेष्टमार्टम साेही दिन वीरगंजस्थित नारायणी अस्पतालमा गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । पाेष्टमार्टम रिपाेर्ट आएपछि मात्र घटना बारे केही भन्न सकिने उनले वताए ।

मृतकका श्रीमान् आराेपित इन्द्रजितले अचानक पेट दुखेर बेहाेस भएकी निशालाई उपचारकाे लागि अस्पताल लग्ने क्रममा मृत्यु भएकाे वताए । आफुले वा आफ्नाे परिवारकाे काेई पनि सदस्यले निशालाई कुटपिट नगरेकाे इन्द्रजितकाे भनाई छ । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालकाे संविधानमाथि विदेशी शक्तिहरुबाट प्रहार हुँदै : सांसद अमरेश सिंह

कालिका टाईम्स

कुख्यात अपराधि बब्लु पासवान लागु औषध र हतियारसहित पक्राउ

कालिका टाईम्स

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.754 sec. Memory consumption:72.03 mb
Send this to a friend