KALIKATIMES.COM

महिला मैत्रीपुर्ण फुटबलमा वीरगंज युथ एकेडेमी विजयी

वीरगंज । तेसो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको महिला टोलि बीच मैत्रीपुर्ण खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ । शक्ति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा महिला मैत्रीपुर्ण खेलमा निजगढ फुटबल क्लबलाई वीरगंज युथ एकेडेमीले ४-० गोल अन्तरले हराएको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबारकाे खेलकाे पहिलो हाफको तेस्रो मिनेटमा वीरगंज युथ एकेडेमीकि खेलाडी सजिता स्याङतानले पहिलो गोल गरिन । खेलमा एक गोलले अग्रता बनाएको वीरगन्ज युथ एकेडेमीले खेलको २५ औं मिनेटमा दोस्रो गोल गर्यो । दोस्रो गोल पनि वीरगन्ज युथ एकेडेमीका सजिता स्याङतान नै गोल गरिन ।

सुरु देखि नै कमजोर रूपमा देखापरेको निजगढ फुटबल क्लबका खेलाडी माथि हाबी देखिएका वीरगन्ज युथ एकेडेमीका खेलाडी खेलको ४३ औं मिनेटमा थप एक गोल गरे । तेस्रो गोल वीरगंज युथ एकेडेमी कि सदिपा भोलेनले गरिन । लगातार गोल हानेका वीरगन्ज युथ एकेडेमीका खेलाडीले खेल्न सक्नु ५ मिनेट अगावै चौथो गोल गरेका थिए ।

चौथो गोल पनि वीरगंज युथ एकेडेमी कि सदिपा भोलेनले नै गरेकी हुन् । शुक्रबारकाे खेलको म्यान अफ दि म्याच वीरगंज युथ  एकेडेमीका खेलाडी  सजिता स्याङतान घोषित भईन । उनलाई स्थानीय समाजसेवी हृदयनारायण यादवले नगदसहित शिल्ड हस्तान्तरण गरे ।

यसैबीच आजको मैत्रीपुर्ण खेलको दोस्रो स्थान हासिल गरेका निजगढ फुटबल क्लबलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका युवा नेता लोकेश सिंहले शिल्ड प्रदान गरे । तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार हुने फाइनल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी मकवानपुर र वीरगन्ज युनाइटेड क्लब वीरगंज बीच हुनेछ ।

प्रतियोगितामा प्रथम हुने क्लबले नगद दुई लाख एक हजार र दोस्रो हुने क्लबले एक लाख एक हजार सहित प्रमाणपत्र र शिल्ड पाउने प्रेस संयोजक तिवारी यादवले बताए । प्रतियोगिता भरी उत्कृष्ट खेलाडीहरुको लागी विभिन्न विद्यामा विद्यागत पुरस्कार पनि राखिएको उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स

चिट चाेर्न नपाएपछि एनआईका विद्यार्थीहरुद्वारा हरिखेतानमा ताेडफाेड

कालिका टाईम्स

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.764 sec. Memory consumption:72.06 mb
Send this to a friend