KALIKATIMES.COM

बम्जनको घरमा भेटिएको ३ कराेड रुपैयाँ सार्वजनिक

वीरगंज । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । 

आफूलाई लिटिल बुद्धको रुपमा चिनाउने तपस्वी बम्जनको साथबाट बरामद नगद सार्वजनिक गरिएको छ ।  बुधबार बम्जनलाई सार्वजनिक गर्नुअघि सीआईबीले उनको साथबाट बरामद नगद सार्वजनिक गरेको हो ।

उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट मंगलबार साँझ पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि बाल यौन शोषणको आरोप छ ।

अनुयायीबाट संकलन गरेको रकमले बम्जनले आलिशान महलमा ऐयासी जीवन बिताउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को अनुसन्धान निष्कर्ष छ ।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोप छ । बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जनविरुद्ध प्रहरीमा उजुरी गरेकी हुन् । २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुव्र्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स

चिट चाेर्न नपाएपछि एनआईका विद्यार्थीहरुद्वारा हरिखेतानमा ताेडफाेड

कालिका टाईम्स

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.091 sec. Memory consumption:72.03 mb
Send this to a friend