KALIKATIMES.COM

हरिखेतान क्याम्पसमा विवाद, आफु नै क्याम्पस प्रमुख रहेकाे डा. भगवान यादवकाे दाबी

वीरगंज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान यादवले क्याम्पस प्रमुखको जिम्मेवारीबाट आफू मुक्त नभएको बताएका छन् ।

क्याम्पसमै आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूलाई अवकाश दिइएको कुरा अवैधानिक र अपमानपूर्ण रहेको भन्दै त्यसलाई आफूले नमान्ने वताएका हुन् ।

आइतबार मात्र बसेकाे क्याम्पस संचालक समितिकाे बैठकले क्याम्पस प्रमुख डा. भगवान प्रसाद यादवलाई अनिवार्य अवकाश दिने निर्णय गरेकाे थियाे ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका सुचना जारी गरेका थिए । उनकाे ठाउ‍ँमा निमित क्याम्पस प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई दिइएकाे जानकारी समेत गराएका थिए ।

साे लगतै आइतबार नै क्याम्पस प्रमुखकाे जिम्मेवारी समेत रायले समाहलेका थिए । तर त्यसकाे भाेली पल्ट नै साेमबार क्याम्पस प्रमुखबाट हटाइएका डा. यादवले पत्रकार सम्मेलन गर्दै आफु नै क्याम्पस प्रमुख रहेकाे दाबी गरेका हुन् । 

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको छ ।

पत्रकार सम्मेलनमा डा. यादबले आफुलाई फर्जी तरिकाले हटाएको भन्दै सामुदायिक क्याम्पसलाई व्यापारीको बपौती बनाउन खाेजिएकाे आराेप समेत लगाए ।

उनले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले पत्रकार सम्मेलन गरेकाे वताए ।

यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरुको बपौती वन्न कुनैपनि हालतमा नदिने उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजबाट नेपाली नक्कली नाेटसहित दुई जना पक्राउ

कालिका टाईम्स

नेपालकाे संविधानमाथि विदेशी शक्तिहरुबाट प्रहार हुँदै : सांसद अमरेश सिंह

कालिका टाईम्स

कुख्यात अपराधि बब्लु पासवान लागु औषध र हतियारसहित पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.594 sec. Memory consumption:72.06 mb
Send this to a friend