KALIKATIMES.COM

बुहारीको हत्या आरोपित ससुरा पक्राउ

वीरगंज । सिरहाकाे कल्याणपुर नगरपालिका—८ की २७ वर्षीया संगिता दासको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले उनका ५१ वर्षीय ससुरा रामअशिष दासलाई पक्राउ गरेकाे छ । 

आरोपितले बुहारीलाई कात्तिक २७ गते घरायसी बिवाद हुदाँ टाउकोमा बन्चरोले प्रहार गरी हत्या गरेको थियो । पीडितको घटनास्थलमै मृत्यु भएको र आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा कात्तिक २८ गते उजुरी दिएको मृतकका पति राजकिसोर दासले बताए । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सिरहामा कात्तिक २८ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार घटना पछि आरोपित फरार रहेका थिए । विशेष सूचनाको आधारमा आरोपितलाई लुकिछिपी बसेको स्थानबाट गिरफ्तार गरी कारबाही प्रक्रियाको लागि म्याद थप गराएको उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.403 sec. Memory consumption:72.38 mb
Send this to a friend