KALIKATIMES.COM

रोटरी क्लबको कार्यक्रममा ३६ जनाद्वारा रक्तदान

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगंजकाे माईस्थान पार्कमा भएको कार्यक्रममा ३ महिलासहित ३६ जनाले रक्तदान गरेका छन् ।

क्लबका अध्यक्ष हरिगोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दिलशाद अंसारी, प्रियांशु गुप्ता, हरिओम कुमार साह, आशीष छेत्री, विषेश वर्णवाल, नीलम ब्याहुत, विवेक कुमार साह, अनिल कुमार साह लगायतले रक्तदान गरेका हुन् ।

चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव मिकेश मितलले बताए ।

कार्यक्रममा वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडा ,वरिष्ठ नायव निरीक्षक गुनानिधि खकुरेल लगायतको उपस्थिती रहेको क्लबका उपाध्यक्ष दीपू वर्णवालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेपालकाे संविधानमाथि विदेशी शक्तिहरुबाट प्रहार हुँदै : सांसद अमरेश सिंह

कालिका टाईम्स

कुख्यात अपराधि बब्लु पासवान लागु औषध र हतियारसहित पक्राउ

कालिका टाईम्स

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:193. Generation time:5.314 sec. Memory consumption:72.02 mb
Send this to a friend