KALIKATIMES.COM

चाेरीमा संलग्न नगवाका शेख र पवन पक्राउ

वीरगंज । पर्सा प्रहरीले दशैकाे बेला वीरगंजकाे एक घरमा भएकाे चाेरीमा संलग्न दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा निवासी ३२ बर्षिय शेख मख्खु र साेही ठाउँ निवासी ३० बर्षिय पवन यादवलाई नियन्त्रणमा लिएकाे हाे ।

चोरीमा संलग्न मध्येका शेख मख्खुको साथबाट सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, चन्द्रमाको कभर १ थान, सुन जस्तो देखिने डल्लो १ थान, मंगल सुत्र १ थान, कानको टप १ थान, चाँदी जस्तो देखिने धातुबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र रू एक हजार दरका नोट १५ थान अर्थात १५ हजार नगद फेला परेकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे हरिवन नगरपालिका वडा नं.१ जानकीनगर घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं.५ स्थित घर कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशै मनाउन आफ्नो सम्पूर्ण परिवारका सदस्यहरू साथमा  घर गएको मौका छोपी कार्तिक ८ गते घरकोठाको ताल्चा फुटाई सुन चाँदीका गर-गहाना तथा नगद समेत गरी अन्दाजी १० लाख बराबरका मालबस्तुहरू तथा गरगहानाहरू चोरी भएको थियाे ।

चाेरीकाे सूचनाको आधारमा कार्तिक ११ गते शनिबार दिउसाे ४:३० बजेकाे समयमा प्रहरी टोलीले दुबै जनालाई  नियन्त्रणमा लिई अनुसन्धान गर्दा शेख मख्खुकाे साथबाट चाेरी भएकाे गरगहना समेत बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका दुबै जना विरुद्ध चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एनएमएसआरए वीरगंजले विभिन्न कार्यक्रम गरि मजदूर दिवस मनायो

कालिका टाईम्स

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

कालिका टाईम्स

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:196. Generation time:3.751 sec. Memory consumption:72 mb
Send this to a friend