KALIKATIMES.COM

विद्यार्थीहरुलाई ४५ प्रतिशत छुटकाे माग गर्दै वीरगंजमा प्रदर्शन

वीरगंज । विद्यार्थीहरुकाे लागि सार्वजनिक यातायातमा भएकाे ४५ प्रतिशत छुटकाे व्यवस्था लागु गर्न माग गर्दै प्रभु साह नेतृत्वकाे आम जनता पार्टी निकट आम विद्यार्थी माेर्चाले बुधबार वीरगंजमा विराेध प्रदर्शन गरेकाे छ ।
 
वीरगंजकाे बसपार्कबाट सुरु भएकाे विराेध प्रदर्शन जिल्ला प्रसासन कार्यलय वीरगंजमा पुगि पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र समेत बुझाएकाे आम विद्यार्थी माेर्चा पर्साका अध्यक्ष दिपेन्द्र साहले जानकारी दिए ।
 
सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई भएको ४५% छुटको व्यवस्था लागु गर्नुकाे साथै अपाङ्ग, जेष्ठ नागरिक र महिलालाई आरक्षण सीटको व्यवस्था लागू गर्न हाम्राे माग रहेकाे उनले वताए ।
 
आम बिद्यार्थी मोर्चाका केन्द्रिय अध्यक्ष बिबेक साह नेतृत्वकाे विद्यार्थीहरुले देशभर जस्तै जिल्ला प्रशासन कार्यालय पर्सामा समेत पुगि विद्यार्थी छुटकाे व्यवस्था कार्यन्वयन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएकाे जिल्ला अध्यक्ष दिपेन्द्रले जानकारी गराए ।
 
आम विद्यार्थी माेर्चाले वुझाएकाे ज्ञापन पत्रमा विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५% छुटको व्यवस्था रहेको विषय सर्वविदित नै छ । तर विडम्बना अहिले मुख्यतः काठमाडौं उपत्यका बाहेक देशका अधिकांश ठाउँहरुमा व्यवहारतः विद्यार्थीहरुलाई सार्वजनिक यातायात ४५% छुट लागु भएको नदेखिएकाे उल्लेख छ ।
 
कलैया, जितपुर र पोखरीया लगायतका ठाउँहरुबाट विद्यार्थीहरु दिनहुँ विरगंजमा अध्ययन गर्न आउदा सार्वजनिक यातायातमा विद्यार्थीहरुले छुट समेत नपाईरहेका विषय आम विद्यार्थी माेर्चाले ज्ञापन पत्र मार्फत अवगत गराउँदै यस्ता गलत कार्यहरुलाई तुरन्त रोकी यस क्षेत्रमा पनि नियमानुसारको सम्पूर्ण व्यवस्था कार्यान्वयनमा ल्याउन माग गरेकाे छ ।
 
 साे ज्ञापन पत्र जिल्ला ट्राफिक प्रहरी कार्यालय, विरगंज र बस व्यावसायी संघ, विरगंजलाई समेत वाेद्धार्थ गरिएकाे छ ।
 
ज्ञापन पत्र बुझाउन आम बिद्यार्थी मोर्चाका ईन्चार्ज उमेश कुशवाहा, मधेस प्रदेस सह- इन्चार्ज दिपेन्द्र साह, मधेस प्रदेस अध्यक्ष राकेश बैठा लगायतकाे सहभागिता रहेकाे थियाे ।
 
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

कालिका टाईम्स

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

कालिका टाईम्स

धाेबिनीकाे जगरनाथपुरमा आगलागी, ४ वटा घर जल्याे

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:188. Generation time:3.597 sec. Memory consumption:72.07 mb
Send this to a friend