KALIKATIMES.COM

रानिघाटमा घुम्ति स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । स्व. सुशील खेतान (टेपु खेतान)को सम्झनामा बुधबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित अस्थायी प्रहरी पोष्ट रानिघाटमा भएकाे शिविरमा २८५ जना स्थानियले स्वास्थ्य परिण गराएकाे वीरगंज सामुदायिक आखाँ हस्पिटलका संयाेज डा. महेश सिंह धामीले जानकारी दिए ।
 
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १० पर्सा, वीरगंज सामुदायिक आँखा हस्पिटल वीरगंज, रुँगटा वेल फेयर सोसाइटी वीरगंज र प्रभु हस्पिटल वीरगंजको सयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरको सहयोगमा शिविर सम्पन्न भएकाे हाे ।
 
घुम्ति शिविरमा निशुल्क औषधी समेत वितरण गरिएकाे उनले जानकारी गराए ।
 
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानकाे अध्यक्षता र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरी, प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, वीरगंज १० का वडाध्यक्ष सशिल कुमार कानु, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक विशाल मल्ल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक डिल्ली राज सापकाेटा, रूगटा वेल फेयर सोसाइटी वीरगंज पर्साका सुरेश रुंगटा, व्यवस्थित वीरगंज अभियानका संयाेजक दिलिप राज कार्की, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफ लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.139 sec. Memory consumption:71.83 mb
Send this to a friend