KALIKATIMES.COM

नेशनल मेडिकल कलेजबाट माेटरसाइकल चाेरी, दुई जना पक्राउ

वीरगंज । प्रहरीले माेटरसाइकल चाेरीकाे आराेपमा वीरगंजबाट दुई जनालाई पक्राउ गरेकाे छ । वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुर बस्ने वर्ष २० को ऋषी पासवान र वर्ष १९ को सहिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १५ स्थित नेशनल मेडिकल कलेजमा पार्किङ गरी राखेको जिल्ला रौतहट फतुवा विजयपुर नगरपालिकाकाे वडा नं. १० बस्ने लक्ष्मी चौधरीको ना ३५ प ५९१ नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल चाेरीकाे आराेपमा दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

दुबै जनालाई साेमबार राति १० बजे मो.सा.को लक तोडी चोरी गरी भाग्दै गरेको सूचनाकाे आधारमा प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले उक्त मोटरसाइकलसहित निजहरुलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

 पक्राउ परेका दुबै जनामाथी चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बाराबाट २१६ किलो लागू औषध गाँजासहित ट्रक र दुई जना पक्राउ

कालिका टाईम्स

पटेर्वा सुगाैलीकाे रंगपुरमा आधुनिक बजार बन्ने, पालिका प्रमुखले गरे शिलान्यास

कालिका टाईम्स

धाेबिनीकाे जगरनाथपुरमा आगलागी, ४ वटा घर जल्याे

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.834 sec. Memory consumption:71.99 mb
Send this to a friend