KALIKATIMES.COM

पाेखरियामा डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न

वीरगंज । पर्साकाे पाेखरियामा डिजिटल मार्केटिङ सम्बन्धि ६ दिने तालिम शुक्रबार सम्पन्न भएकाे छ । पाेखरिया नगरपालिकाकाे आयाेजनामा पाेखरिया नगरपालिकाकाे बैठक कक्षमा भएकाे तालिम सम्पन्न भएकाे हाे ।  

गाउँका किशाेरीहरुलाई आधुनिक प्रविधि बारे जानकारी गराउन र व्यक्तित्व विकासमा सहयाेग तथा राेजगारीकाे लागि क्षमता बढाउने उद्देश्यले तालिम आयाेजना गरिएकाे पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुले वताइन ।

उपमेयर खातुनकाे अध्यक्षता र पूर्व शिक्षक एवं समाजसेवी बच्चन श्रीवास्तवकाे प्रमुख आतिथ्यमा भएकाे तालिम समापन कार्यक्रममा वुमन सकल सेन्टरका अध्यक्ष चन्चला दास, मातेश्वररी ट्राभल्सका अध्यक्ष दिपिका कार्कीले मन्तव्य राख्दै तालिमबाट सिखेकाे कुरा व्यहारमा लागु गर्न तालिमका सहभागिहरुलाई सुझाव दिएका थिए ।

नगरपालिका अन्तर्गतका विभिन्न वडाका किशाेरीहरुकाे सहभागिता रहेकाे तालिममा प्रशिक्षक हिमांशु बर्णवालले प्रशिक्षण दिएका थिए ।

प्रजनन् स्वास्थ्य सम्बन्धि घुमति शिविर सम्पन्न 

यसैगरी पाेखरीया नगरपालिकाकाे वडा नं. ३ बसन्तपुरमा पाठेघरकाे मुखमा क्यान्सर र स्तन क्यान्सर लगायतका प्रजनन् स्वास्थ्य राेग पहिचान सम्बन्धि घुम्ति शिविर सम्पन्न भएकाे छ । 

पाेखरिया नगरपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा बसन्तपुर स्वास्थ्य चाैकीमा भएकाे शिविरमा ४८ जना महिलाले चेकजाँच गराएकाे उप मेयर खातनुले जानकारी दिइन । जसमध्ये प्रजनन् सम्बन्धि विभिन्न राेगसँगै ६ जनाले अपरेशन गराउनुपर्ने देखिएकाे उनले वताइन ।

दाेस्राे चरणमा यही चैत २० गते आइतबार पाेखरीया अस्पतालमा शिविर सञ्चालन हुने समेत खातुनले जानकारी गराइन । यश चेकजाँच अभियानमा परीक्षण गरिएका महिलाकाे प्रदेश स्वास्थ्य निर्देशनालयकाे सहयाेगमा निशुल्क अपरेशन समेत गरिने उप मेयर खातुनले वताइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:196. Generation time:3.775 sec. Memory consumption:72.41 mb
Send this to a friend