KALIKATIMES.COM

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी समाजवादी प्रेस संगठन पर्साकी उपाध्यक्ष प्रकृति अधिकारीको ठूलो बुवाकाे निधन भएकाे छ । रेडियो वीरगंजमा कार्यरत संचारकर्मी अधिकारीकाे ५० बर्षिय ठूलाे बुवा कमलेश्वर अधिकारीको बिहिबार राती असमायिक निधन भएकाे समाजवादी प्रेस स‌गठन पर्साले शाेक वक्तव्य जारी गर्दै जानकारी गराएकाे हाे । 

संगठन पर्साका अध्यक्ष मनाेज पटेलद्वारा हस्ताक्षरित शाेक वक्तव्य मार्फत स्वर्गिय बुवाकाे निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी बाराको परवानीपुर गाउँपालिका वडा नं. ५ सानो नौतन निवासी हिमालयन टेलिभिनका पर्साका संवाददाता प्रणय साहको हजुरआमा ८० बर्षिय राधिका देवी कनुईनको चैत १० गते बिहिबार राती असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी सर्लाहीको कविलासी नगरपालिका वडा नं. ७ गैरबजार हाल वीरगंज महानगरपालिका वडा नं. १ छपकैया निवासी नेपाल पत्रकार महासंघ पर्साका साधारण सदस्य एवं प्रतीक दैनिकमा कार्यरत पत्रकार नितेश कर्णको ४८ बर्षिय सुनिता देवी कर्णको चैत ९ गते बुधबार विहान निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी बाराको बरागढी गाउँपालिका वडा नं.१ पिपरा बसतपुर (पिपरा) निवासी नेपाल पत्रकार महासंघ पर्साका सह–सचिव एवं ग्यालेक्सी टेलिभिजनका पर्सा संवाददाता जियालाल साहका बुवा ५६ बर्षिय लक्ष्मण साह कानुको चैत २ गते असामयिक निधन भएको संगठनले जनाएकाे छ ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १६ बाईपास गणेश टोल निवासी समाजवादी प्रेस संगठन नेपाल पर्साका सलाहकार संजय साहको मामतामयी आमा ८७ बर्षिय पार्वती देवीको फागुन ९ गते निधन भएको थियो ।

त्यसैगरी, वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्ष्मुणवा निवासी राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष एवम् समाजवादी प्रेस संगठन नेपाल पर्साका सदस्य श्याम पासवानको मामतामयी आमा ६५ बर्षिय लक्ष्मी देवीको फागुन २० गते निधन भएको थियो ।

स्वर्गिय पांचै जनाकाे निधन प्रति समाजवादी प्रेस संगठन नेपाल पर्सा दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै वहाँहरुको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न शक्ति प्रदान गरुन भन्दै गहिरो समवेदना प्रकट गरेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.936 sec. Memory consumption:72.4 mb
Send this to a friend