KALIKATIMES.COM

आयुर्वेदिक स्वास्थ्य तथा थेरापी शिविर सम्पन्न

वीरगंज । लायन्स क्लब अफ अमलेखगन्जकाे आयाेजनामा शनिबार अमलेखगन्जमा आयुर्वेदिक स्वास्थ्य तथा थेरापी शिविर सम्पन्न भएकाे छ । ने.मा.वि. अमलेखगन्जमा भएकाे शिविरमा जीतपुर सिमरा उपमहानगरपालिकाको वडा २१ र २२ का गरी करिब ५० जनाले स्वास्थ चेकजाँच र थेरापी सुविधा लिएका थिए ।

प्रकृति आयुर्वेदिक सेन्टर तथा सब इन्टरप्राइजेज हेटाैंडाकाे प्राविधिक सहयाेगमा भएकाे शिविरकाे उद्घाटन जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष  कृष्ण बहादुर शाही ठकुरी र इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख प्रहरी नायव निरीक्षक कलाम शहीले संयुक्त रुपमा गरेका थिए ।

लायन्स क्लब अफ अमलेखगञ्जका अध्यक्ष चुडामणी खरेलको अध्यक्षतामा भएको शिविरमा प्रकृति आयुर्वेदिक सेन्टरको तर्फबाट डा. रमेशकुमार चौधरीले स्वास्थ्य चेकजाँच गरेकाे लायन्स क्लब अफ अमलेखगञ्जकी कोषाध्यक्ष बर्षा कुमारी मगरले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.901 sec. Memory consumption:72.05 mb
Send this to a friend