KALIKATIMES.COM

वीर अस्पतालका डा. साह वीरगंज आउँदै, निशुल्क स्वास्थ्य परिक्षण गर्ने

वीरगंज । वीर अस्पताल काठमाडाैंका जेनरल कन्सल्टेन्ट फिजिसियन डा. रविरजन साह माघ ४ गते मंगलबार वीरगंज आउने भएका छन् ।

लायंस क्लब आँफ वीरगंज ग्रीन कैंपसले आयाेजना गरेकाे निशुल्क स्वास्थ्य शिविरकाे लागि वीरगंज आउन लागेका हुन् । डा. साह मुटु, छाती, पेट, नाशा, गठिया, किडनी, चिनी एवम् थाईराइड राेग विशेषज्ञ हुन् ।  

वीरगंज ८ स्थित पुरानाे शिवा अस्पताल भवनमा रहेकाे शिवा पाेली क्लिनीकमा शिविरमा ओपिडी, चिनी, किडनी, पिसाब निशुल्क परिक्षण हुनुकाे साथै थाइराइड (टि3, टि4, टिएसएच) विशेष छुटमा रु ३५० मा मात्र चेक जांच हुने लायंस क्लबका कार्यक्रम संयाेजक निसान्त मिश्राले जानकारी दिए ।

शिविर विहान् ८ बजेदेखी दिउसाे ४ बजे सम्म संचालन हुने उनले जानकारी गराए । शिविरमा सहभागी भएर माेकाकाे फाइदा उठाउनले सम्बन्धित सबैलाई आग्रह समेत गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.741 sec. Memory consumption:72.03 mb
Send this to a friend