KALIKATIMES.COM

स्व. राजा बीरेन्द्रको ७७ औं जयन्ती वीरगंजमा मनाइयो

वीरगंज । स्वर्गीय राजा बीरेन्द्र शाहको ७७ औ जयन्ती बुधबार बीरगंजमा मनाएको छ ।  राष्ट्रिय सरोकार मंच नेपाल नारायणी बीरगंजले आफ्नै कार्यालयमा जयन्तीकाे अवसरमा आयाेजना गरेकाे श्रद्धान्जली कार्यक्रममा सहभागिहरुले स्व पूर्व राजा बिरेन्द्रकाे तस्बिरमा माल्यार्पण गरेका थिए ।
 
कार्यक्रममा बोल्दै सहभागीहरुले अहिलेको राजनितीका कारण देशमा महंगी, हत्या, हिंसा, भ्रष्टाचारहरू बढेकोमा घोर भर्त्सना गर्दै यस्ता भ्रष्टाचारीहरुलाई अन्त्य गर्न सम्पूर्ण राष्ट्रबादी एक जुट हुन जरुरी रहेको बताए । सहभागीहरुले अहिलेको राजनितीमा बिदेशीको चलखेल बढी भएका कारण सम्पूर्ण जनताले यसको बिरोध गर्न आग्रह गरे ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका अंचल संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएकाे कार्यक्रममा स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।  
 
बुवा महेन्द्र तथा आमा ईन्द्र राज्य लक्ष्मी देवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ गते भएको थियो । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गर्नुभएको थियो ।
 
त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवी बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो ।
 
तत्कालिन राजा वीरेन्द्रसहित तत्कालिन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराज कुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:188. Generation time:3.880 sec. Memory consumption:72.12 mb
Send this to a friend