KALIKATIMES.COM

महामारीजन्य राेग राेकथामको लागि पूर्व तयारी जरुरी : सराेकारवालाहरु

वीरगंज । स्वास्थ्य कार्यालय पर्साकाे आयाेजनामा आज महामारीजन्य राेगहरुकाे राेकथाम तथा निगरानीकाे लागि सराेकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

नारायणी अस्पतालमा भएकाे अन्तरक्रिया कार्यक्रममा वाेल्दै सराेकरवालाहरुले महामारीजन्य राेग राेकथाम तथा निगरानीकाे लागि पूर्व तयारी र नारायणी अस्पतालकाे स्तर उन्नति गर्न जरुरी रहेकाे वताएका छन् ।

नारायणी अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. अतुलेश कुमार चाैरसियाले महामारी राेकथामकाे लागि नारायणी अस्पतालकाे स्तर उन्नती गर्न जरुरी रहेकाे वताउनु भयाे । उहाँले २० बर्ष पहिला जुन अवस्थामा नारायणी अस्पताल थियाे अहिले पनि त्यहीं अवस्थामा रहेकाेले स्तर उन्नती गर्न जरुरी रहेकाे धारणा राख्नु भयाे ।

नारायणी अस्पताल कै डा. उदय नारायण सिंहले महामारी राेकथामकाे लागि पूर्व तयारी जरुरी रहेकाे वताउनु भयाे । उहाँले महामारी आउन सक्ने सम्भावनालाई ख्याल गरेर पूर्व तयारी गर्न जरुरी रहेकाे वताउनु भयाे । 

नारायणी अस्पतालका आकस्मिक कक्षका प्रमुख समेत रहेका डा. सिंहले भने “गाउँमा कुनै व्यक्तिलाई सर्प डाेसेकाे छ भने अस्पताल ल्याउन लग्दा आफुलाई खबर गर्नुस्, खबर गरेकाे खण्डमा बिरामी अस्पताल पुगेकाे समयमा यहाँ चिकित्सकाे टाेली तयारी गरेर राख्न सकिन्छ ।” 

त्यसाे गरिएकाे खण्डमा शर्प डाेसेकाे १०० प्रतिशत बिरामीलाई बचाउन सकिने उहाँले दाबी गर्नु भयाे ।

अन्तरक्रियामा सहभागि पालिकाका स्वास्थ्य संयाेजकहरु पहिलाे चरणकाे काेराेना महामारीकाे समयमा जिल्ला स्तरबाट समन्वय सहयाेग भए पनि दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा त्यसकाे तुल्ना कम भएकाे वताए ।

सखुवा प्रसाैनी गाउँपालिकाका स्वास्थ्य संयाेजक राजेश राैनियारले दाेस्राे चरणकाे काेराेना महामारीकाे समयमा नारायणी अस्पतालबाट भिटिएम किट माग्दा पनि उपलब्ध नभएकाे र पालिकाले आफै खरिद गर्न चाहदा पनि बजारमा नपाएका कारण समस्या भएकाे वताए ।

त्यसैले महामारीजन्य राेग राेकथामकाे लागि जिल्ला स्तरबाट समन्वय सहयाेग र पूर्व तयारी जरुरी रहेकाे वताए ।

स्वास्थ्य कार्यालय पर्साका निमित प्रमुख नवलकिशाेर साहकाे अध्यक्षता र पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका स्वास्थ्य निरिक्षक जयमाेद ठाकुरले गरेका थिए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.150 sec. Memory consumption:72.41 mb
Send this to a friend