KALIKATIMES.COM

अग्नी ग्रुपद्वारा नारायणी अस्पताललाई १५ लाखको उपकरण सहयाेग

वीरगंज । नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई सहयोग गरेको छ ।

काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगंज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३०० केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए ।

सबै सामान गरी कूल १५ लाख मूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उनले बताए । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डका लागि उपयोगी हुने क्षेत्रीले बताए ।

वीरगंज महानगर प्रमुख सरावगीले अस्पतालमा नियमित विद्युत आपूर्तिको लागि व्यावस्था गर्ने आश्वासन दिए । उनले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि चलेको हरेक कदममा सबै क्षेत्रबाट सहयोग जुट्ने गरेको छ । जसले गर्दा कोभिडको सबैभन्दा उच्च जोखिममा रहेको वीरगंजलाई अहिले विस्तारै सामान्य अवस्थामा ल्याउनलाई सहज हुँदै गएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.865 sec. Memory consumption:72.39 mb
Send this to a friend