KALIKATIMES.COM

नवदिप एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । वीरगंजकाे भिस्वास्थित नवदिप एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रभु हस्पिटलको सहकार्यमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनर ४ सय विद्यार्थीसँगै अभिभावकको पनि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको विद्यालयकी प्रधानाध्यापिका सुशिला साहले जानकारी दिइन् ।

प्रभु हस्पिटलका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. राधा भट्टराई, दन्तरोग विशेषज्ञ डा. अजय आस्थाना, छाला रोग विशेषज्ञ डा. रामाकान्त जैसवाल लगायतले चेकजाँच गरेका थिए ।

सोही अवसरमा कक्षा ६, ७ र ८ मा अध्ययनरत छात्रा र विद्यालयमा कार्यरत महिला शिक्षाहरुलाई स्त्री रोग विशेषज्ञ डा. लक्ष्मी थापाले प्रजनन स्वास्थ्यबारे प्रशिक्षण समेत दिएको प्रधानाध्यापिका साहले जानकारी गराइन ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरी ढुक्क सँग अध्ययन गर्ने वातावरणको निर्माण गर्ने अभिप्रायले अस्पतालसँगको सहकार्यमा शिविरको आयोजना गरिएको संस्थापक समेत रहेकी प्रधानाध्यापिका साहले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.913 sec. Memory consumption:72.09 mb
Send this to a friend