KALIKATIMES.COM

नारायणी अस्पतालका चिकित्सकहरुद्वारा विराेध प्रदर्शन

वीरगंज । नारायणी अस्पताल वीरगंजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जाेखिम भत्ताकाे माग गर्दै बिहिबार विराेध प्रदर्शन गरेका छन् ।

“जाेखिम भत्ता चाहियाे, काेभिड १९ मा काम गर्ने काे ? भत्ता खाने काे ?” लेखिएकाे पम्पलेटसहित काेभिड महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु विराेध प्रदर्शन गरेका हुन् ।

जाेखिम भत्ताकाे रकम सरकारले अस्पतालमा पठाए पनि अस्पताल प्रशासनले भत्ता नखुवाएकाेले विराेधमा उत्रनु परेकाे डा. उद्य नारायण सिंहले वताए ।

जाेखिम भत्ताकाे लागि लेखा शाखाले मागेकाे सम्पूर्ण कागजातहरु दिदा पनि भत्ता नखुवाएका कारण बिराेधमा उत्रनु परेकाे उनले वताए । उनले भने “काेभिड महामारीमा आफ्नाे ज्यानकाे प्रवाह नगरि हामीले काम गर्याे । तर साेही वापत नेपाल सरकारले पठाएकाे जाेखिम भत्ता खुवाउन यत्राे ढिलाई किन ?”

उनका अनुसार साउन देखीकाे अस्पतालका ४ सय जति चिकित्सक र स्वास्थ्यकर्मीहरुले जाेखिम भत्ता खान सकेका छैनन् । 

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट संजय ठाकुरले जाेखिम भत्ताकाे सबैले माग गरेका कारण खुवाउन समस्या भएकाे वताए ।

उनले भने “जाेखिम भत्ताकाे लागि काेभिडमा काम गर्ने कर्मचारीकाे डिउटी प्रमाणित गर्न भनेका छाैं । त्यसकाे लागि समिति पनि बनाएका छाैं, डियुटी प्रमाणित गरेर आए लगतै नेपाल सरकारकाे नियम अनुसार भत्ता लेखा शाखाले खुवाउने छ ।”

उनले अर्काेतर्फ काेभिडमा काम नगरेका कर्मचारीले पनि जाेखिम भत्ता खान चाहेकाेले पनि समस्या भएकाे वताए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.433 sec. Memory consumption:72.09 mb
Send this to a friend