KALIKATIMES.COM

वीरगञ्जकाे घडिहअर्वामा शनिबार बृहत स्वास्थ्य शिविर हुँदै

वीरगञ्ज  । दिप हेल्थ क्लिनिक र जय नेपाल प्याथोलोजी सेन्टरको आयोजनामा फागुन १ गते वीरगञ्जमा बृहत स्वास्थ्य शिविर हुने भएकाे छ । 

फाल्गुन १ गते शनिवारको दिन बिहान ७ बजेदेखी वीरगञ्जस्थित घडिअर्वा पोखरी परिसरमा हुने शिविरमा डेढ दर्जन विशेषज्ञ चिकित्सकहरुकाे सहभागिता रहने डा. दिपक चाैरसियाले वताए । 

बालरोग विशेषज्ञ डा. आनन्द कुमार झा, जेनरल फिजिसियन डा. उदयनारायण सिँह, स्त्री रोग विशेषज्ञ डा. निलम चौरसिया, हाडजोर्नी रोग विशेषज्ञ डा. दिलिप चौरसियालगायतका १८ जना विशेषज्ञ चिकित्सकद्वारा शिविरमा परिक्षण गरिने आयोजकले जनाएको छ । 

वीरगञ्जमै पहिलोपटक यति धेरै चिकित्सकहरुको उपस्थितीमा शिविर हुन लागेको आयोजकको दाबी छ । शिविरमा नि:शुल्क लैब परिक्षणको समेत सुविधा रहेको छ । 

आँखा, दाँत, छाला, नशा, हाडजोर्नी लगायतका रोगहरुको परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिने छ । सम्पुर्ण रोगहरुको एकैठाउँमा चेकजाच गरिने हुँदा शिविरमा सहभागी भएर मौकाको फाइदा उठाउन पनि आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:3.366 sec. Memory consumption:72.08 mb
Send this to a friend