KALIKATIMES.COM

वीरगंजमा काेराेना विरुद्धकाे पहिलाे खाेप नर्स हेमा थापालाई लगाइयाे

वीरगञ्ज । नेपालमा आजदेखि कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू भएको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएकाे खोप लगाउने कार्य सुरु भएकाे हाे ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एकजना महिला स्वास्थ्यकर्मीलाई खोप लगाएर कार्यक्रमको सुरुवात गरिएको छ । नारायणी अस्पतालको एनआईसियू वार्डकी इन्चार्ज नर्स हेमा थापालाई प्रदेश नम्बर २ मा पहिलो खोप दिइएको थियो । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यमा नारायणी अस्पतालमा आयोजित एक कार्यक्रमबीच थापालाई खोप लगाइएको अस्पतालकाे थियाे ।

त्यसपछि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुर, जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चाैरसिया लगायतका स्वास्थ्यकर्मीहरुलाई खाेप लगाउने कार्य भइरहेकाे छ ।

अस्पतालले आज पहिलो दिन एक सय जनाभन्दा बढीलाई खोप लगाउँने लक्ष्य बनाएको मेसु डा. ठाकुरले बताए । उनले पहिलो चरणमा जनस्वास्थ्य कार्यालय पर्सामा नाम दर्ता गराएका सरकारी तथा निजी स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारी, सफाई कर्मचारी, एम्बुलेन्स चालक, शववहान चालक समेतलाई खोप लगाउने कार्यक्रम राखिएको छ ।

दोस्रो चरणमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीलाई खोप लगाइने योजना रहेको छ ।

सरकारले स्वास्थ्य कार्यालय पर्सालाई पहिलो चरणको खोप कार्यक्रमका लागि ५ हजार जनालाई पुग्ने खोप उप्ल्बब्ध गराएकाे छ । जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार स्वास्थ्य कार्यालयसँग भएको खोप अन्य अस्पताल र निजि स्वास्थ्य संस्थालाई पनि उपलब्ध गराइने छ ।

कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का विघटित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमारलगायतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार काठमाडौँस्थित टेकु अस्पतालमा खोप अभियान कार्यक्रमको शुभारम्भ गरेपछि देशभरी पहिलो चरणमा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीहरुलाई खोप दिन थालिएको हो ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.775 sec. Memory consumption:72.43 mb
Send this to a friend