KALIKATIMES.COM

काेराेना संक्रमणबाट धाेबिनी गाउँपालिकाका एक पुरुषकाे मृत्यु

वीरगंज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमणबाट पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ निवासी ५० बर्षिय पुरुषकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

उच्च ज्वराे, स्वासप्रस्वासमा समस्या देखिएकाे उनलाई साेमबार दिउसाे २ बजे वीरगंजस्थित नारायणी अस्पतालमा ल्याइएकाे थियाे । अस्पताल भर्ना गरि उपचार गर्ने क्रममा साेही दिन ४:३० बजे मृत्यु भएकाे हाे ।

मृत्यु पश्चात जिन एक्सपर्ट विधिबाट नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा काेराेना पुष्टि भएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनको उपचारमा खटेका चिकित्सक अनुसार उनको दुबैतिरको फोक्सोमा निमोनिया र श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.863 sec. Memory consumption:72.39 mb
Send this to a friend