KALIKATIMES.COM

वीरगंजका ३ सहित थप ७ जनामा काेराेना संक्रमण

वीरगंज । पर्साका ३ जनासहित थप ७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका ३, बाराका ३ र मकवानपुरका १ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्साका ५७ सहित ११७ जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ४ महिलासहित ७ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा २१ बर्षदेखी ४४ बर्ष सम्मका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १९ देखी ३० सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ३ का ३१ बर्षिय पुरुष, वडा नं. १३ का २७ बर्षिय पुरुष, वडा नं. २० का २८ बर्षिय पुरुषमा संक्रमण देखिएकाे हाे ।

त्यसैगरी, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १ का २१ बर्षिय महिला, जितपुर सिमरा उपमहानगरपालिकाका ३७ र ४४ बर्षिय महिला संक्रमित भएका छन् ।

त्यसैगरी, मकवानपुरकाे हैटाउडा उपमहानगरपालिका वडा नं. ५ का बर्षिय महिलामा काेराेना पाेजिटिभ देखिएकाे छ ।

यस अघि आइतबार पनि नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका १३ सहित १७ जनामा काेराेना संक्रणम पुष्टि भएकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:191. Generation time:2.909 sec. Memory consumption:72.09 mb
Send this to a friend