KALIKATIMES.COM

घरिअर्वामा अल्पत्र भेटिएका बिरामीलाई अस्पताल पुर्याइयाे

वीरगंज । वीरगंजकाे घरिअर्वामा अल्पत्र भेटिएका एक बिरामीलाई डाक्टरकाे पहलमा उद्दार गरिएको छ ।

वीरगंजको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अल्पत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसिया र काेभिड एक्सन टिम (क्याटका) का सदस्य तबरेज अहमदकाे सहयाेगमा उद्दार गरी अस्पताल पुर्याइएकाे छ ।

वीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि पुर्याइएकाे ति व्यक्तिकाे उपचार डा. चाैरसियाले नै गरिरहेका छन् ।

डा. चाैरसियाले ति व्यक्तिलाई सडक पेटिमा घाउकाे व्यथाले लडिरहेकाे देखेपछि क्याटका सदस्य अहमदलाई फाेनमार्फत खबर गरेका थिए । त्यसपछि घडिअर्वा पुगेका क्याटका सदस्य अहमद र डा. चाैरसियाकाे सहयाेग ति व्यक्तिलाई अस्पताल पुर्याइएकाे थियाे ।

डाक्टर भएर बाटोमा अल्पत्र भेटिएका ब्यक्तिलाई उद्दारकाे लागि पहल गर्नु र आफैंले उपचार गर्ने कार्याले डा. चौरसियाले आफ्नाे कर्तव्य निर्वाहकाे साथै मानवता तथा समाजिक दायित्वसमेत पुरा गरेकाे क्याटका सदस्य अहमदले वताए ।

डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिकाे उपचारमा लाग्ने सम्पूर्ण औषधीसमेत सहयोग गरेको वताइएकाे छ । अल्पत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा जिल्ला पूर्ण खोप घोषणा

कालिका टाईम्स

वीरगंज महनगर पत्रकारलाई सहयोग गर्न आपतकालिन कोषको कार्य विधि तयार गर्दै

कालिका टाईम्स

पर्सामा छाेराकाे हत्या आराेपमा आमा पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.312 sec. Memory consumption:72.42 mb
Send this to a friend