KALIKATIMES.COM

काेराेना अपडेट : थप ३ सय ३१ जनामा संक्रमण पुष्टि

वीरगंज । पछिल्लो २४ घन्टामा नेपालमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए । योसँगै संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

उनका उनुसार बारामा ४ रौतहटमा ७ सर्लाहीमा ९ महोत्तरीमा २४ डोटीमा ६१ नवलपरासी पूर्वमा ३२ तनहुँमा २३ बागलुङमा २० बैतडीमा १८ गुल्मीमा १८ पाल्पामा १८ डडेलधुरामा १२ झापामा १ सुनसरीमा २ मोरङमा ८ कैलालीमा १ काठमाडौंमा १ नवलपरासी पश्चिममा १ रामेछापमा ३ रुपन्देहीमा १ धादिङमा ८ भक्तपुरमा ७ स्याङ्जामा १ कैलालीमा २ बाँकेमा १४ बर्दियामा ७ रुकुम पश्च‍िममा १ दाङमा ४ प्यूठानमा ८ जना संक्रमित फेेला परेका छन् ।

प्रवक्ता गौतमले गएको २४ घन्टामा १ सय ७६ जना डिस्चार्ज भएको पनि जनाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नबिल बैंक र प्रहरीले किन लुकाउन चाहन्थ्याे चाेरीकाे घटना ?

कालिका टाईम्स

हरवाचरवा लगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह

कालिका टाईम्स

विद्यालयलाई पंखा तथा शैक्षिक समाग्री सहयोग

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:3.473 sec. Memory consumption:72.4 mb
Send this to a friend