KALIKATIMES.COM

राैतहटमा २९ र पर्सामा ५ सहित थप १६६ जनामा काेराेना संक्रमण पुष्टि

वीरगंज  । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले थप १ सय ६६ जनामा संक्रमण फेला परेसंगै संक्रमितको संख्या १ हजार ५६७ पुगेको जनाए ।

संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म २ सय २० जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका हुन् । मकवानपुरकी महिला डिस्चार्ज भएर घर फर्किएकी हुन् ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा पिसिआर विधिबाट हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंज महानगरद्वारा एक्सेल कलेजमा सिलबन्दी

कालिका टाईम्स

चिट चाेर्न नपाएपछि एनआईका विद्यार्थीहरुद्वारा हरिखेतानमा ताेडफाेड

कालिका टाईम्स

इप्रका पाेखरियाद्वारा टिनडाेवियामा छापा, लागुऔषध चरेशसहित कुर्मी पक्राउ

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:195. Generation time:2.547 sec. Memory consumption:72.41 mb
Send this to a friend