31.5 C
Birgunj
13 May 2025
KALIKATIMES.COM

कोरोना संक्रमित कनिकाको स्वास्थ्यमा सुधार

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो ।

हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् ।

कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन् । यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् ।

कनिकालाई कोरोना संक्रमण देखिएपछि एक किसिमको तरंग नै पैदा भएको थियो । लखनऊको एक भव्य होटलमा पार्टी दिएकी कनिकालाई कोरोना देखिएपछि उनले अन्य व्यक्तिमा पनि कोरोना सारेको हुन सक्ने अनुमान गरिएको थियो । तर, उनको सम्पर्कमा आएका कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:216. Generation time:4.962 sec. Memory consumption:82.57 mb